spot_img
spot_img
spot_img
spot_img

आँचल गर्भवती भएको खबर झुटो

काठमाडौँ

त्यसो त केही अभिनेत्रीहरु आमा बन्न लागेका छन्। त्यसैले होला अभिनेत्री आँचल शर्मा आमा बन्ने खबरहरु पनि सार्वजनिक भएर भाइरल बने। धेरैले आँचललाई शुभकामना दिए। आफ्नी मन पर्ने नायिका आमा बन्न लाग्दा धेरै खुसी पनि भएका थिए।

तर, सबै खबर झुटो थियो। ती सबै खबर झुटो भएको कुरा आँचल आफैले स्पष्ट पारेकी छन्। उनले आफ्नो फेसबूकमा स्टाटस लेख्दै सार्वजनिक भएका झुटो समाचारपको पछि नलाग्न आफ्ना फ्यानहरुलाई आग्रह गरेकी छन्। उनी लेख्छिन्,‘म गर्भवती भएको बिषयमा समाचारहरु आइरहेका छन्। पक्कै पनि गलत समाचारले सबैको ध्यान तान्छ। यो समाचारहरुको विश्वास नगर्नुहोला।’

आँचलले फेक न्युजका केही तस्बिरहरु पोस्ट गर्दै आफू आमा बन्ने भएपछि सबैलाई खबर गर्ने बताएकि छन्। आफ्नो नाममा बनेका नक्कली आइडिबाट सचेत रहन समेत आग्रह गरेकी छन् आँचलले।

यता, आँचलका श्रीमान उदिप श्रेस्ठले भने मेरि श्रीमती गर्भवती छैनन् भन्दै आँचलको पोस्टलाई सेयर गरेका छन्। डेढ बर्ष अघि आँचलले उदिपसँग विवाह गरेकी थिईन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर