काठमाडौँ

त्यसो त आमा बन्न लाग्नु एक महिलाको लागि जिवनको सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। आमा बनेपछी एक महिलाको जीवन पुर्ण हुन्छ भन्ने भनाइहरु नै छन्। त्यसैले त आमाको भन्दा धेरै प्रेम कसैको हुँदैन भनेर भनिएको।

यो बर्ष केही फिल्म स्टारहरु पनि आमा बन्नेवाला छन्। जसमध्ये अभिनेत्री प्रीयंका कार्की पनि हुन्। प्रीयंका प्रेगनेन्ट भएपछी निकै खुसी देखिएकी छन्। जुन कुरा प्रीयंकाको सामाजिक संजाल नियाल्दा पनि प्रष्ट हुन्छ।

यता, प्रीयंकाको खुसिलाई केही सामाजिक संजाल प्रयोगकर्ताले भने विभिन्न नाम दिएका छन्। कसैले नपाएको बच्चा प्रीयंकाले पाउन लागि भन्ने देखि नौटंकिबाज सम्मका कमेन्ट र पोस्टहरु देख्न सकिन्छ। एउटि महिला आमा बन्न लाग्दा हुने खुसी सायद यस्तै होला सायद। अरुले एक्सप्रेस गरेनन् तर प्रीयंकाले गरिन्। फरक त्यति मात्र हो।

फोटो: सामाजिक संजाल

Facebook Comments Box