काठमाडौँ

कान्तिपुर टेलिभिजनकि समाचार वाचिका श्री पाण्डे एक समय निकै भाइरल थिईन्। हुन त, उनी अहिले पनि भाइरल नै छिन्। समाचारवाली भनेर भाइरल बनेकी श्री को पाइला मोडलिङ तिर पनि लम्किदै छ।

त्यसो त श्री समाचार वाचिका हुनु भन्दा पहिले मोडल नै थिईन्। उनले आधा दर्जन जति म्युजिक भिडियोमा अभिनय गरेकि थिईन्। तर, श्री ले म्युजिक भिडियोबाट पाउन नसकेको लोकप्रीयता समाचारबट पाईन्। सामाजिक संजालमा श्री को  अहिले लाखौं फलोअर्स छन्। टिकटकमा उनी सकृय छिन्। लाखौं भ्युज आँउछन्। उनको सुन्दरताको चर्चा हुने गर्छ। त्यसैले पनि उनी थुप्रै म्युजिक भिडियो निर्देशकको नजरमा परिसकेकी छन्।

श्री ले म्युजिक भिडियोका किङ मानिने मोडल तथा अभिनेता पल शाह सँग मात्रै २ ओटा म्युजिक भिडियो खेलिसकेकी छन्। हालै मात्र श्री अभिनित ‘फुलकुमारी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यो भिडियोमा श्री को जोडि पल शाह छन्। उनिहरुको जोडिलाई दर्शकले पनि रुचाएका छन्। त्यसैले होला जोडि दोहोरिएको।

 

Facebook Comments Box