काठमाडौँ

कलाकार पल्पसा डंगोल (चम्सुरी) यतिबेला अस्पतालमा छिन्। दुइटै मृगौला फेल भएकि पल्पसाको महाराजगन्ज स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ।

पल्पसा एक महिना भन्दा अगाडि देखि नै अस्वस्थ थिईन्। उनले अस्पतालमै उपचार गराइरहेको भएतापनि कसैलाई जानकारी भने थिएन। अलि ठिक भएपछी घर फर्किएकी पल्पसलाई फेरि स्वास्थ्यमा कठिन समस्या भएकाले अस्पताल लगिएको हो।

पल्पसालाई विगत पाँच बर्षदेखि मृगौलामा समस्या थियो। तर, छोरीहरुले थाहा पाउलान् भनेर लुकाएर राखेको उनका नजिकका साथि कलाकार दीपाश्री निरौलाले बताईन्। पल्पसाको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले उनलाई मृगौला डोनरको आवस्यकता परेको छ। यदि कोहि मृगौला डोनेट गर्न चाहानुहुन्छ भने 9751033669 मा सम्पर्क गर्न सक्नुहुनेछ।

पल्पसाले थुप्रै चलचित्र र टेलिसिरियलहरुमा अभिनय गरेकी छिन्। उनको अभिनय दर्जनौं म्युजिक भिडियोमा पनि देख्न सकिन्छ। विषेश गरेर उनी मेरि बास्सैको ‘चम्सुरी’ पात्रबाट परिचित छिन्।

Facebook Comments Box