काठमाडौँ

केही दिन अघि अभिनेत्री नम्रता सापकोटाले एक अन्तर्वार्ताको क्रममा ‘बिहे नै नगरी बच्चा पाउन मन छ’ भन्ने अभिव्यक्ती दिएकी थिईन्। यो अभिव्यक्तिले यतिबेला नम्रता चर्चामा छिन्।

त्यसो त नम्रता नडराई बोल्ने हक्की स्वभावकि छिन्। चलचित्र क्षेत्रका विकृतिको बारेमा पनि खुलेर बोलिरहेकी हुन्छिन् नम्रता। त्यसैले पनि बेला बेला आफ्नो बोलिकै कारण चर्चामा आउछिन्।

नम्रताको बिहे नगरी बच्चा जन्माउने अभिव्यक्तीले यतिबेला नम्रताले कतैबाट ताली पाइरहेकी छिन् भने कतैबाट गाली पाइरहेकी छिन्। उनको थुप्रै ट्रोलहरु बनिरहेको छ। नम्रतालाई सपोर्ट गर्दै केही सेलेब्रेटीहरुले स्टाटस समेत लेखे।

यता, नम्रताले भने आफुले भन्न खोजेको कुरालाई गलत तरिकाले बुझेको बताईन्। उनी भन्छिन्- ‘यदि मैले बिहे गरिनँ भने पनि बच्चा जन्माउँछु भनेर भन्न खोजेको थिएँ। अहिलेको जमानामा बच्चा जन्माउनका लागि विभिन्न प्रविधीहरु आइसकेका छन्। मेरो कुराको गलत अर्थ लगाइयो।’

 

 

Facebook Comments Box