काठमाडौँ

अभिनेता पुष्प खड्का यतिबेलाका व्यस्त कलाकार हुन्। म्युजिक भिडियोमा त डिमान्ड छ नै फिल्ममा पनि उत्तिकै डिमान्ड छ पुष्पको। तिनवटा चलचित्र त कोरोनाको कारण रिलिज हुन नसकेर रोकिएर बसेको छ। यता छायांकनमा जान लागेको चलचित्र पनि थुप्रै छन्।

‘अझै पनि’ बाट नेपाली रजतपटमा डेब्यु गरेका पुष्पले दाल दर्पण छाँया २, मंगलम, दाल भात तरकारी, मारुनी, तिम्रो मेरो साथ, मन सँग मन र कृष्ण लीला मा अभिनय गरेका छन्। तिम्रो मेरो साथ, मन सँग मन र कृष्ण लीला भने रिलिज हुन बाँकी नै छ। सरकारले दिने रास्ट्रीय अवार्ड देखि थुप्रै प्राइभेट अवार्ड जितेका पुष्पको आज जन्मदिन हो। उनी २०४५ साल साउन ५ गते कैलालीको लम्की चुहामा जन्मिएका हुन्।

घरको जेठो छोरो पुष्पले इन्जिनियरिङमा ग्र्याजुएसन गरेका छन्। तर, सानै देखि कलाकारितामा रुचि भएकाले उनले म्युजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेका थिए। सयौँ म्युजिक भिडियोमा आफ्नो कलाकारिता देखाइसकेका पुष्पले जन्मदिनकै अवसर पारेर नयाँ कार समेत किनेमा छन्।

पुष्पले सोमबार ७० लाखमा क्रेटाको कार किनेका गरेका हुन् । सेतो रंगको कार किनेपछी उनले आफ्नो सपना पूरा भैरहेको बताएका छ। निर्माता निर्देशकको विश्वास र दर्शकको मायाले आफ्नो सपना पूरा भएको उनले बताए। जे होस, ३३ बर्ष पूरा भएका पुष्पलाई रजतपट टिमको तर्फबाट जन्मदिनको शुभकामना।

Facebook Comments Box