काठमाडौँ

कलाकार पल्पसा डंगोल (चम्सुरी) दुबै मृगौला फेल भएपछि यतिबेला टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन्। आफ्नो रोगलाई लुकाएर राखेका कारण उनको रोग पाँचौ स्टेजमा पुगिसकेको उनको उपचार गरिरहेका डाक्टरले रजतपटलाई बताए।

पल्पसलाई मृगौला दिनेहरु थुप्रै भेटिएका छन् तर आफ्नो परिवार भित्रका त्यो पनि रगतको नाता भएकोले मात्र मृगौला दान गर्न मिल्नेछ। त्यसैले यतिबेला परिवार भित्रैबाट पल्पसाको लागि मृगौला मिलाउने कोसिस भैरहेको पल्पसाके बताईन्।

पल्पसा बिरामी भएर अस्पताल भर्ना भएको खबर सार्वजनिक हुन वित्तिकै विभिन्न संघ-संस्था र व्यक्तिहरुले पल्पसलाई आर्थिक सहयोग गर्ने अभियान चलाइरहेका छन्। टेलिभिजन कार्यक्रम इन्द्रेणीबाट त उनलाई नगद सहयोग समेत गरिएको थियो।

यता, पल्पसाले भने आफुलाई पैसाको आवश्यकता नभएको रजतपटलाई बताएकि छिन्। ‘मलाई अहिले पैसाको कुनै आवश्यकता छैन। मैले मागेको पनि छैन। मलाई मृगौलाको आवश्यकता हो त्यो पनि अरुले दिन मिल्दैन रहेछ। परिवारबाट मिल्दैछ। यति धेरै माया गर्नुहुने मेरो दर्शक र शुभचिन्तकलाई धेरै धेरै धन्यवाद’- पल्पसाले भनिन्।

पल्पसालाई भेट्न जाने मिडियाकर्मी र कलाकर्मिको भिड पनि बाक्लै छ। यसरी नै भेट्न गएका इन्द्रेणी टिमले भने पल्पसलाई नगद सहयोग गरेको थियो। तर, पल्पसाले उक्त रकम फिर्ता गर्ने हामिलाई बताईन्-‘एक्कासी आएर पैसा दिनु भो, म त के गर्ने के गर्ने भए। क्यामेराको अगाडि नलिदा वहाँहरुलाई नराम्रो होला भनेर लिए तर त्यो पैसा म फिर्ता गर्छु।’

पल्पसालाई थुप्रैले समाजिक संजालबाट स्वास्थ्यलाभको कामना गरिहेका छन्। रजतपटको तर्फबाट पनि पल्पसालाई शिघ्र स्वास्थ लाभको कामना।

 

Facebook Comments Box