काठमाडौँ

अश्लील भिडिओ बनाएर विभिन्न एपबाट सार्वजनिक गरेको आरोपमा पक्राउ परेका अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा यतिबेला हिरासतमा छन्। राजको पक्राउपछि बलिउडमा नयाँ तरंग पैदा भएको छ।

यतिबेला यो अभियोगमा अभिनेत्री शिल्पा सेट्टीको संलग्नता छ कि छैन भन्ने जिज्ञासा सबैमा छ। मुम्बई प्रहरीले उनको संलग्नताबारे अनुसन्धान गरिरहेको जानकारी छ।

राज कुन्द्रा सन् १९७५ मा बेलायतमा जन्मेका हुन्। राज कुन्द्रा सफल ब्रिटिश-एसियन व्यवसायी हुन्। बेलायतमा जन्मेका उनको पुर्ख्यौली इतिहास भारतको पंजाबसँग जोडिएको छ। पढाइभन्दा व्यवसायमा रुचि भएका राज कुन्द्राले बुबाकै बाटो पछ्याए।

अब यो केशमा शिल्पाको हात रहेछ भने बलिउडमा झन् नयाँ तरङ्ग पैदा हुने यसै पनि अनुमान लाउन सकिन्छ। बुझीए अनुसार राज पक्राउ परेदेखि शिल्पाले आफ्नो सबै काम स्थगित गरेकी छिन्। उनले विभिन्न नेताहरुसंग पनि राजको रिहाइको बारे कुरा गरिरहेको बलिउड मिडियाले बताएको छ।

Facebook Comments Box