काठमाडौँ

यो साता दुई कलाकारलाई मातृशोक परेको छ। एक जना हुन् अभिनेता सुरज आरडी र अर्का हुन् खिन्ते काका अर्थात लक्ष्मण चौलागाईं।

अभिनेता सुरजकि आमा नन्दकला रामदामको ७६ वर्षको उमेरमा सोमबार कुश्मा, पर्वत स्थित आफ्नै घरमा देहावसान भएको छ। पित्त थैलीमा भएको क्यान्सरका कारण सुरजकी आमाको निधन भएको हो। सुरजकी आमाको मंगलबार दाहसंस्कार समेत भैसकेको छ।

यस्तै, थुप्रै चलचित्र एवं टेलिसिरियलमा अभिनय गरेका कलाकार लक्ष्मण चौलागाईं (खिन्ते काका) कि आमा सीतामाइ चौलागाईंको पनि मंगलबार देहावसान भएको छ। ७५ बर्षकि सितामाइलाई पक्षघात भएको थियो। सीतामाइको राजधानीको ब्ल्युक्रश अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।

सुरज आरडी र लक्ष्मण चौलागाईंकि आमालाई हार्दिक श्रद्धाञ्जलि एवं शोक सन्तप्त परिवारलाई रजतपट अनलाइन परिवारको तर्फबाट हार्दिक समवेदना।

Facebook Comments Box