spot_img
spot_img
spot_img
spot_img

कारभित्र अदितिको ‘हट लूक्स’

काठमाडौँ

त्यसो त, नायिका अदिति बुढाथोकी नेपाल भन्दा बढि भारतमा बस्छिन्। अदितिले अभिनेता अनमोल केसी संग ‘कृ’ नामक चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन्। ‘कृ’ पश्चात अदितिले कुनै नेपाली चलचित्रमा अभिनय गरेकी छैनन्।

आफ्नै होम प्रोडक्सनमा नयाँ चलचित्र बनाउने घोषणा गरेतापनि कोरोनाका कारण अझै छायांकन हुन सकेको छैन। त्यसैले अदिति यतिबेला पर्सनल टाइम स्पेण्ट गरिरहेकी छन्।

केहि हिन्दि म्युजिक भिडिओहरुमा समेत अभिनय गरेकी अदितिले हालै मात्र आफ्नो सामाजिक संजालमा केहि तस्बिर सार्वजनिक गरेकी छन्। कार भित्र मस्त देखिएकी अदितिको हट लूक्सले यतिबेला सबैको ध्यान आकर्षण गरेको छ।

 

 

 

 

तस्बिर संगै उनले क्याप्सन पनि लेखेकी छन्-‘लङ्ग ड्राइभ, गुड म्युजिक एण्ड गुड कम्पनि’

हाल भारतमै रहेकी अदितिले लगाएको कपडा र जुत्ता भने नेपाली नै रहेछ। त्यो पनि स्पोन्सरको। जे होस्, अदिति सुन्दरी नायिकामा पर्छिन्। उनको अभिनयको भन्दा सुन्दरताको चर्चा हुने गर्छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर