spot_img
spot_img
spot_img
spot_img

गर्भवती ऋचा र प्रीयंकालाई अभिनेत्रीहरुले खुवाए ‘दहि चिउरा’

काठमाडौँ

यो वर्ष आमा बन्न लागेका दुई अभिनेत्रीहरु प्रियंका कार्की र ऋचा शर्मालाई अभिनेत्रीहरु रेखा थापा, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा र वेनिशा हमालले दहि चिउरा खुवाएका छन्। शुक्रबार सानो जमघट गरेर प्रीयंका र ऋचालाई अभिनेत्रीहरुले दहि चिउरा खुवाएका हुन्।

गोल्फुटारको स्टेसन पबमा भेटघाट गरेर दहि चिउरा खुवाउने कार्यक्रममा प्रीयंका र ऋचाका अन्य केही साथिहरु समेत उपस्थित थिए। यो कार्यक्रमको आयोजना भने रिमा र केकिले मिलेर गरेको बुझ्नमा आएको छ। केकि र रिमाको योजनामा अरुले पनि साथ दिएका हुन् रे।

त्यसो त, रेखा, प्रीयंका, ऋचा, बेनिशा, केकि, रिमा मिल्ने साथीहरु हुन्। एउटि अभिनेत्रीको खुसिमा अरु अभिनेत्री पनि सामेल हुँदा अभिनेत्रीहरु एक अर्कासँग मिल्दैनन् भन्ने कुरा भने झुटो साबित भएको छ। जे होस, आमा बन्न लागेका अभिनेत्रीहरुलाई रजतपट अनलाईनको तर्फबाट शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर