spot_img
spot_img
spot_img
spot_img

‘प्रेम गीत’ लाई युट्युबमा सर्वाधिक भ्युज

काठमाडौँ

सिनेमा हलमा सुपर हिट भएको फिल्म ‘प्रेम गीत’ ले युट्युबमा पनि सबैभन्दा बढी भ्युज पाएको छ। करिब पाँच बर्ष अगाडी ओएसाआर डिजिटलको युट्युब च्यानलामा अपलोड भएको फिल्ममा हाल सम्म २ करोड ५० लाख भ्युज आएको छ।

प्रेम गीतलाई निर्माता सन्तोष सेनले निर्माण गरेका हुन्। फिल्ममा सुदर्शन थापाको कथा र निर्देशन छ। नायक प्रदीप खड्का र नायिका पुजा शर्माको मुख्य भुमिका रहेको फिल्मका गीतहरु समेत हिट छन्। ‘म यस्तो गीत गाँउछु’ बोलको गीतबाट त शब्द सापटी लिएर नायिका पुजा शर्माले फिल्म समेत निर्माण गरिन्।

यता, ‘प्रेम गीत’ हिट भएपछी पुजा र प्रदीपले कहिले पछाडी फर्केर हेर्नू परेको छैन। त्यसो त, ‘प्रेम गीत २’ र ‘प्रेम गीत ३’ पनि बन्यो। प्रेम गीत २ लाई एकलाई जस्तो रुचाइएन। ‘प्रेम गीत ३’ भने कोरोना कहरका कारण रिलिज हुन नसकेर थन्किएर बसेको छ। हिन्दी डबिङ समेत गरेर राखिएको छ फिल्म। करोडौं पैसा फ्रीज भएको छ। तर, निर्माता सेन आशावादी छन्। फिल्म नेपाल र भारतमा एकसाथ रिलिज हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर