spot_img
spot_img
spot_img
spot_img

नवल नेपालको सिरिज ‘दिल चुप छ’ अब युट्युबमा पनि

काठमाडौँ

निर्देशक नवल नेपाल निर्देशित सिरिज ‘दिल चुप छ’ को पहिलो एपिसोड बुढासुब्बाको अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको छ। अब हरेक शनिबार यो सिरिज बुढासुब्बाको युट्युबमा हेर्न सकिनेछ।

वैवााहिक जीवनका आउने आरोह अवरोह, त्यहाँबाट उत्पन्न परिस्थिती र पारिवारिक विचलनको कथालाई सिरिजमा देख्न सकिने बताइएको छ। यो सिरिजको मेकिङ पनि फिल्मी शैलिको छ। फिल्म निर्देशनमा अब्बल मानिएका नवलको दक्षता सिरिजको पहिलो एपिसोडमा पनि देख्न सकिन्छ। हेरौँ बाँकी एपिसोड कस्ता छन्!

यो सिरिजमा दिनेश न्यौपानेको लेखन, मदन काश्यप घिमिरेको छायांकन, मित्रदेव गुरुङ्गको सम्पादन, एलिस कार्कीको संगीत तथा पार्श्व संगीत, श्रीकृष्ण श्रेष्ठको रंग संयोजन रहेको छ।

नवराज गिरि र सरस्वती गिरिले निमार्ण गरेको सिरिजमा महेश खड्का र रिश्ता बस्नेतको मुख्य भुमिका रहेको छ। महेशले सिरिजमा पहिलो पटक डेब्यु गरेका हुन्। मोडलिङमा जम्ने कोशिस गरिरहेका महेशको अभिनय तारिफयोग्य छ। यता केही चलचित्रमा अभिनय गरेकी अभिनेत्री रिश्ताले पनि प्रशंनिय काम गरेकी छन्।

महेश र रिश्ता सँगै सरोज खनाल, सुर्यमाला खनाल, रिस्ता अधिकारी, महेश खड्का, निर्मल न्यौपाने, यशराज गराच, मेनका अर्याल, विशाल पहाडी, विपना बस्नेत, लक्ष्मण सिंह बस्न्यात, केदार दवाडी, नरेश पौड्याल, रुक्मिला अधिकारी, स्मारिका खनाल, प्रकाश श्रेष्ठ, बाल कलाकार प्रीन्सी खड्का, प्रतिक गिरि, शिक्षा संग्रौला, सक्षम पुरी लगायतको अभिनय रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर