spot_img
spot_img
spot_img
spot_img

‘आँधी तुफान २’को छायांकन पुनः सुरु

काठमाडौँ

फिल्म ‘आँधी तुफान २’ को छायांकन पुनः सुरु भएको छ। लकडाउन अगाडि छायांकन भैरहेको फिल्मको छायांकन लकडाउन खुकुलो भएसँगै पुनः सुरु भएको हो।

मौनता श्रेष्ठको लेखन र निर्माण रहेको फिल्ममको छायांकन भदौ पहिलो साताभित्र सक्ने टार्गेट रहेको निर्माण टिमले बताएको छ। हाल ‘आँधी तुफान २’को काठमाडौँ आसपासमै छायांकन भैरहेको जानकारी छ।

महेन्द्र बुढाथोकीको निर्देशनमा १४ वर्षअघि तयार भएको ‘आँधी तूफान’को सिरिजका रुपमा ‘आँधी तूफान २’को निर्माण भएको हो। दोस्रो सिरिजलाई भने मदन घिमिरेले निर्देशन गरिरहेका छन्।

चक्र घर्ति मगर निर्माता रहेको फिल्ममा याङसु श्रेष्ठ, आरती आचार्य र सोनी बिसीको मुख्य भूमिका रहेको छ। याङसु, आरती र सोनीलाई फिल्ममा एक्सन अवतारमा देख्न सकिने बुझ्नमा आएको छ। त्यस्तै, यो फिल्ममा रवी गिरी, ध्रुव कोईराला, कनिज कोइराला, अनामिका कार्की लगायतको चलचित्रमा अभिनय रहनेछ।

फिल्ममा रामशरण उप्रेतीको छायाँकन, सुरेश अधिकारीको संगीत, कमल राईको नृत्य निर्देशन रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर