spot_img
spot_img
spot_img
spot_img

धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक, ओहो मुभिजमा स्ट्रीमिङ हुने

काठमाडौँ

चलचित्र प्रदर्शनबारे अब विकल्पको पनि खोजि हुनुपर्छ र चलचित्रहरु ओटिटि प्लेटफर्ममा पनि रिलिज हुनुपर्छ भन्ने बहस चलिरहदा सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको आफ्नै व्यानर सुबिहानी फिल्म्सले निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ ओहो मुभिज नामक एक एप्समा २७ अगस्टबाट स्ट्रीमीङ्ग हुने भएको छ।

व्यानर सिताराम र कुञ्जनाको भएता पनि यो चलचित्रको लगानी भने ओहो मुभिजले नै गरेको हो। संभवत नेपालमा पहिलो पटक ओटिटि प्लेटफर्म  कै लागि निर्माण भएको चलचित्र हो ‘म त मर्छु कि क्या हो’। ओहो मुभिजमा नेपाली चलक्गित्रसँगै अन्य अन्तरास्ट्रीय चलचित्रहरु पनि हेर्न सकिने बताइएको छ।

बुधबार राजधानीको मेरियट होटलमा सम्पन्न एक कार्यक्रमका बीच चलचित्र ‘म त मर्छु कि क्या हो’ को ट्रेलर पनि सार्वजनिक गरिएको छ। चितवनको विभिन्न स्थानहरुमा छायांकन गरिएको चलचित्र ‘म त मर्छु कि क्या हो’ मुलतः व्यवसायिहारुको कथामा निर्माण भएको सितारामले बताए। यो फिल्ममा सिताराम र कुन्जनालाई उनीहरुको बहुचर्चित सिरियल मेरी बास्सैको जस्तै क्यारेक्टरमा देख्न सकिनेछ अर्थात धुर्मुस सुन्तलिकै क्यारेक्टरमा देख्न सकिनेछ।  लामो समय पछि आफ्नो क्यारेक्टरमा फर्किदा कुञ्जनाले खुसि व्यक्त गरिन्। कुञ्जना बाइट

यता सितारामले भने ओटिटिले चलचित्र क्षेत्रलाई चलायमान गराउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए। कार्यक्रममा सिताराम र कुञ्जनाले पत्रकारको आग्रहमा धुर्मुस सुन्तलिकै क्यारेक्टरमा उत्रीएर रमाइलो समेत गरेका थिए।
सिताराम र कुन्जनाकै कथा र निर्देशनमा तयार भएको फिल्ममा रबी गिरि, बुद्धि तामांग, विजय बराल, पल्पसा डंगोल, सुमन कोइराला, सुशिला थापा लगायतका कलाकारको अभिनय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर