spot_img
spot_img
spot_img
spot_img

मल्टीस्टारर तिज गीत : भुवन केसि देखि आकाश श्रेष्ठ सम्म

काठमाडौँ

तिज आउनु भन्दा दुई तीन महिना अगाडि देखी नै तिज विषेश गीतहरु सार्वजनिक हुने गर्छन्। तिज आउन लाग्दा त झन् तिज गीतका भेल नै आउछन्। हुन त तीज पनि एक महिना अघी देखी नै मनाउने चलन छ। गीत आउनु स्वभाविक नै हो पनि।

तीज आउन एक महिना भन्दा बढी समय बाँकी छ। यसै क्रममा गायक सम्राट चौलागाईंले पनि नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। राजाधानिमा एक कार्यक्रम गर्दै गीत र भिफियो सार्वजनिक गरिएको हो।

विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोमा सदाबहार अभिनेता भुवन केसी, अभिनेत्रीद्वय स्वस्तिमा खड्का र दीपा श्री निरौला, मोडल गीता ढुंगाना, अभिनेता आकाश श्रेष्ठ, बालकलाकारहरु जेभिन, जेभिस र आयुशी सँगै सम्राट चौलागाईं आँफैले पनि अभिनय गरेका छन्।

‘सम्झिनी पानी छम्किनी’ बोलको गीतलाई सम्राट चौलागाईं, रचना रिमाल, स्मिता ढकाल र ममता गुरुङले स्वर दिएका हुन्। गीतमा सम्राटकै शब्द संगीत रहेको छ भने जीवन बाबुले एरेन्ज गरेका छन्।

यता, भिडियोलाई नबराज उप्रेतीले खिचेका हुन्। भिडियोमा बिर बहादुर थारुको सम्पादन, रेनिश फागोको कलर र निर्देशक स्वारकै कोरीयोग्राफी रहेको छ।
भिडियो हेर्नुस:-

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर