spot_img
spot_img
spot_img
spot_img

‘निफ’का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ

कोरोनाका कारण भर्चुअल माध्यमबाट सम्पन्न भएको नेपाल अन्तरास्ट्रीय फिल्म फेस्टिभल (निफ) को चौथो संसकरणमा विजेता भएकाहरुलाई पुरस्कार वितरण गरिएको छ।

गत बैशाख २३ गते देखि २७ गतेसम्म संचालन भएको निफमा नेपालका फिल्मकर्मी देखि बलिउडका फिल्मकर्मीसँग सम्म अन्तरक्रिया भएको थियो भने अनलाइनबाटै फिल्म प्रदर्शन समेत गरिएको थियो।

अनलाइनबाटै विजेता घोषणा गरिएकोले केहि हद सम्म कोरोना साम्य भएपछी अवार्ड वितरण गरिएको हो। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आइतबार एक कार्यक्रम गर्दै बिजेताहरुलाई अवार्ड दिएको हो।

निफको चौथो संस्करणमा नेपाली र विदेशी फिल्महरु सहभागी थिए। पाँच अन्तर्राष्ट्रिय अवार्डमध्ये एउटा अवार्ड विजेतालाई आइतबार नै प्रदान गरियो भने बाँकी ६ वटा अवार्ड कुरियरमार्फत् पठाइएको आयोजक टिमले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर