spot_img
spot_img
spot_img
spot_img

गाडी दुर्घटनामा शुटिङ युनिट, एकको घटना स्थलमै निधन

काठमाडौँ

पोखरामा एक म्युजिक भिडिओको छायांकन सकाएर काठमाडौँ फर्किदै गर्दा शुटिङ युनिट चढेको गाडी दुर्घटना भएको छ। धादिङको गजुरीमा भएको दुर्घटनामा परि सबै शुटिङ युनिट घाइते भएका छन् भने एक जनाको निधन घटना स्थलमै भएको जानकारी छ। निधन हुने म्युजिक भिओको मोडल रेणु कुलुङ राई हुन्। रेणु भिडिओ निर्देशक परि कुलुङ राइकी बहिनि रहेको जनाइएको छ।

घाइते हुने प्राविधिकहरुमा छायांकार दीर्घ गुरुङ सहित रमेश सुनुवार, श्याम तामाङ, विनोद लामा, नारायण गुरुङ, दीपेन्द्र थपलिया, चालक विजय र सोनी कुलुङ राई गम्भीर छन्।

घाइतेहरुको यतिबेला वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भैरहेको छ। घाइतेहरुमा केहीको अवस्था भने सामान्य रहेको प्राविधिक संघका एक पदाधिकारीले रजतपट अनलाईनलाई बताए। प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले घाइतेहरु शिघ्र स्वास्थ लाभको कामना समेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर