spot_img
spot_img
spot_img
spot_img

‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन सुरु 

काठमाडौँ

नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो र सफल गायन रियालीटी सो ‘नेपाल आइडल’को चौथो संस्करणको आजबाट अर्थात भदौ १ बाट डिजिटल अडिसन सुरु भएको छ।

कोरोनाका कारण प्रभावित रियालिटी शोको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्तरुपमा ल्याउने तयारी गरेको प्रोडक्सन टिमले जनाएको छ। सुरुमा डिजिटल अडिसन भएपछी फिजिकल अडिसन हुनेछ।  डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुने बताइएको छ।

डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउनेछन्। ‘एपी वान एचडी टेलिभिजन’बाट प्रसारण हुँदै आएको  ‘नेपाल आइडल’को चौथो संसकरणमा निर्णायक को हुनेछन् भन्नेमा दर्शक उत्सुक छन्।

अडिसन दिने तरिका यस्तो छ:-
आडिसन दिनका लागि सबैभन्दा पहिला आफ्नो मोबाईल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको  एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। यो लिंक  https://play.google.com/store/apps/details?id=com.fintech.apon  क्लिक गरेर पनि एप्लिकेसन डाउनलोड गर्न सकिनेछ।  त्यसपछि अडिशन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ। र आफ्नै स्वरमा गाएको दुईवटा फरक विधाका गीत अपलोड गर्नुपर्नेछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

धेरै पढिएको

प्रीयंकाले जन्माईन् छोरी

महानायिका चै को ?

अन्य खबर